काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन ऋण कारोबार नियमावली, २०८३ तयार गरेको छ।
यो नियमावलीको मस्यौदा सार्वजनिक गर्दै सेबोनले सरोकारवालासँग रायसुझावमा माग गरेको छ। प्राप्त सुझावलाई अध्ययन गरी नियमावलीलाई अन्तिम दिइने सेबोनले जनाएको छ।
सेबोनले नियमावलीको मूल उद्देश्यबारे प्रस्ट पारेको छ। विशेष १२ वटा मूल उद्देश्यलाई नियमावलीमा समेटिएको छ।
यस्ता छन् मूल उद्देश्य
- धितोपत्र बजारमा मार्जिन ऋण कारोबारका लागि स्पष्ट, व्यवस्थित र विश्वसनीय नियामकीय संरचना निर्माण गर्ने।
- लगानीकर्तालाई जिम्मेवार तथा सुरक्षित रुपमा मार्जिन ऋण सुविधा उपलब्ध गराउने ।
- मार्जिन ऋण कारोबारमा हुने अत्यधिक वित्तीय लिवरेज तथा बजार जोखिमलाई नियन्त्रण गर्ने।
- अनुमति प्राप्त मार्जिन ऋण प्रदायक संस्थाको वित्तीय, प्राविधिक तथा जोखिम व्यवस्थापन क्षमता सुनिश्चित गर्ने।
- योग्य तथा पर्याप्त तरलता भएका धितोपत्रमा मात्र मार्जिन ऋण कारोबार सञ्चालन गर्ने।
- प्रारम्भिक मार्जिन, सम्भार मार्जिन, ज्बष्चअगत, ऋण सीमा र कन्सन्ट्रेसन लिमिटमार्फत जोखिम न्यूनीकरण गर्ने।
- दैनिक मार्केट–टु–मार्केट तथा स्वचालित मार्जिन कल प्रणालीमार्फत ग्राहक तथा संस्थाको जोखिमको निरन्तर अनुगमन गर्ने।
- ग्राहकको नगद, धितोपत्र तथा अन्य सम्पत्तिको पृथकीकरण तथा संरक्षण सुनिश्चित गर्ने।
- मार्जिन ऋण प्रदायक संस्थामा पर्याप्त पुँजी, तरलता, आन्तरिक नियन्त्रण, सुशासन तथा जोखिम व्यवस्थापन कायम गर्ने।
- प्रविधिमा आधारित, सुरक्षित तथा पारदर्शी मार्जिन ऋण कारोबार प्रणाली विकास गर्ने।
- बजार संकट, ठूलो मूल्य गिरावट, अत्यधिक मार्जिन कल तथा फोरस्ड लिक्विडेसनको अवस्थामा बजार स्थायित्व कायम गर्ने।
- प्रभावकारी नियामकीय प्रतिवेदन, निरीक्षण, सुपरिवेक्षण तथा अनुसन्धानको व्यवस्था गर्ने।












