IME Life New

डेढ महिनापछि काममा फर्किए सेबोनका कर्मचारी, कात्तिकभित्र माग पूरा नभए फेरि आन्दोलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी डेढ महिनाभन्दा बढी समयपछि काममा फर्किएका छन्।

गत असोज २ गते अर्थ मन्त्रालयले सेबोनका कर्मचारीले पाउँदै आएको सेवासुविधा कटौती गर्ने गरी पत्र पठाएपछि कर्मचारीहरु आन्दोलनरतमा उत्रिएका थिए। कर्मचारीको आन्दोलनका कारण ४८ दिनदेखि सेबोनको कामकाज ठप्प भएको थियो।

Esewa
Crest

सेबोन सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका थिए। माग पूरा गर्न अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएपछि सेबोनका कर्मचारीहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।

सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले आइतबार भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिवहरुले यही कात्तिक मसान्तसम्म आफूहरुका माग पूरा गर्न सहमति जनाएकोले आन्दोलन स्थगित गरिएको बताए। ‘आजबाट हामी काममा फर्किएका छौँ’, उनले भने, ‘तोकिएको समयसीमाभित्र माग पूरा नभएमा फेरि आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS