IME Life New

अर्थ मन्त्रालयले बेवास्ता गरेपछि सशक्त आन्दोलनको खाका कोर्दै सेबोनका कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न माग उठाएर आन्दोलनमा उत्रिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु केही दिनयता चुपचाप बसेको देखिन्छ। यद्यपि, अर्थ मन्त्रालयले माग पूरा गर्ने सम्बन्धमा चासो नदिएपछि उनीहरु अहिले आन्दोलनको नयाँ रणनीतिमाथि छलफल गरिरहेका छन्।

सेबोनका कर्मचारीको सेवासुविधासम्बन्धी कार्यविधि खारेज गर्ने, विगतमा कर्मचारीका रुपमा प्राप्त गरेका सेवासुविधा फिर्ता गर्नुपर्ने र सेबोनले आर्थिक दायित्व सिर्जना हुने विषयमा अर्थ मन्त्रालयको सहमति अनिवार्य रुपमा लिनुपर्ने अर्थ मन्त्रालयको (राजस्व सचिव) स्तरीय भदौ ३१ को निर्णय र असोज २ गतेको पत्रको विषयसँग असहमत हुँदै सेबोनमा क्रियाशील कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले संयुक्त रुपमा असोज ७ गतेबाट पेन डाउन गर्दै आन्दोलन सुरु गरेका थिए। अर्थ मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि सेबोनका कर्मचारीले गत कात्तिक २४ गतेबाट आन्दोलन स्थगित गरेका थिए। सेबोन सञ्चालक समितिले कर्मचारीको माग सम्बोधन गरिदिन अर्थ मन्त्रालयलाई पत्र लेख्ने सहमति भएको थियो।

Esewa
Crest

पछिल्लोपटक सेबोनका कर्मचारीहरुले कात्तिक मसान्तसम्म आफ्ना माग पूरा हुनुपर्ने समयसीमा दिएका थिए। तर, अर्थ मन्त्रालयले आलटाल गरेपछि सेबोनका कर्मचारी नयाँ ढंगले अगाडि बढ्ने हिसाबले पर्ख र हेरको अवस्थामा छन्। उनीहरुले दैनिक १ घन्टाको धर्नालाई निरन्तरता भने दिइरहेका छन्।

सेबोन कर्मचारी युनियनका निवर्तमान अध्यक्ष अजय ढुंगानाले पछिल्लो समय अर्थ मन्त्रालयका सहसचिव र उपसचिवहरुले आफूहरुका माग पूरा गर्न नसक्ने संकेत दिएको बताए। ‘त्यसैले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी दुवै संगठनका साथीहरु छलफलमा छौँ’, उनले भने, ‘अब फेरि आन्दोलनमा उत्रिनुपर्ने अवस्था देखिएको छ। सम्भवतः यही साताभित्र हामी आन्दोलनको रणनीति तयार हुन्छ होला।’

ढुंगानाका अनुसार आन्दोलनलाई सशक्त बनाउन दुवै कर्मचारी संगठन एउटै बनाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ। ‘एउटै संगठन भयो भने कर्मचारीको हकहितका विषयमा सशक्त ढंगले आवाज उठाउन सकिन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS