IME Life New

लेखा समितिको निर्णय कार्यान्वयनको अवस्थाबारे ३ दिनभित्र जानकारी गराउन सेबोनलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०८० पुस १२ गतेका निर्णय कार्यान्वयन भएको वा नभएको अवस्थाबारे जानकारी गराउन पुनः नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्र पठाएको छ।

लेखा समितिले आज असार ५ गते धितोपत्र बोर्डलाई पत्र पठाउँदा ती निर्णय कार्यान्वयको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको हो। पत्र प्राप्त भएको मितिले ३ दिनभित्र लेखा समितिको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी समितिको सचिवालाई उपलब्ध गराउन निर्देशन दिइएको छ।

Esewa
Crest

यसअघि धितोपत्र बोर्डले २०८१ माघ १८ गते पत्र पठाउँदा लेखा समितिलाई निर्णय कार्यान्वयनबारे जानकारी गराएको थियो। समितिले त्यो मितिपछिको निर्णय कार्यान्वयको अवस्थाबारे धितोपत्र बोर्डसँग जानकारी माग गरेको हो।

त्यति बेला लेखा समितिले रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्रै आइपीओ अनुमति दिन निर्देशन दिएको थियो। बुक बिल्डिङ प्रक्रिया अवलम्बन गर्न पनि समितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।

लेखा समितिको निर्देशन

lekha smaitee nirnaya

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS