IME Life New

सर्ट सेलिङ सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन नेप्से र सीडीएससीलाई सेबोन अध्यक्ष भट्टको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपाल प्रसाद भट्टले दोस्रो बजारमा सर्ट सेलिङ सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन नेप्से र सीडीएससीलाई निर्देशन दिएका छन्।

सेबोनमा आज नेप्से र सीडीएससीका उच्च पदस्थ पदाधिकारीसँग भएको छलफलमा अध्यक्ष भट्टले यस्तो निर्देशन दिएका हुन्। सर्ट सेलिङ सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न सेबोन सबै प्रकारको सहजीकरणका लागि तयार भएको समेत उनले जानकारी दिए।

Esewa
Crest

सेबोनले नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३ र आर्थिक वर्ष २०८३।८४ को पुँजीबजार नीति तथा सोको कार्यान्वयन योजना सार्वजनिक गरिसकेको छ। सेबोनको नीति तथा कार्यक्रममा पुँजीबजारमा नयाँ उपकरण तथा सेवा विविधीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

सेबोनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सम्पादन गरी बजार विकास तथा सुधारको कार्य अगाडि बढाउने क्रममा नेप्से र सीडीएससी उच्च पदस्थ पदाधिकारीसँग आज सेबोले छलफल गरेको हो। छलफल आर्थिक वर्ष २०८३।८४ को पुँजीबजार नीतिमा समाविष्ट भई नेप्से तथा सीडीएससीबाट सम्पादन हुनुपर्ने कार्यहरुमा केन्द्रित थियो।

छलफलमा अध्यक्ष भट्टले बजार विकासका लागि सेबोनको नीतिमा तय गरिएका ती निकायसँग सम्बन्धित कार्यक्रमको ठोस कार्ययोजना तयार गरी सेबोनमा यथाशीघ्र पेस गर्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS