IME Life New

भारतीय शेयर बजारमा नक्कली ब्रोकरको बिगबिगी, धोखाधडी रोक्न सेबीले चाल्यो यस्तो कदम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा नक्कली ब्रोकरको बिगबिगी बढ्दै गएपछि नियामक सेबीले लगानीकर्ताको हितमा कदम चालेको छ।

सेबीले दर्ता नभएका संस्था (ब्रोकर)हरुले लगानीकर्तालाई भ्रमित गर्ने ठगीपूर्ण गतिविधिलाई रोक्न नयाँ एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) भुक्तानी प्रणाली अनिवार्य गरेको हो। यो भुक्तानीको नयाँ र सुरक्षित विधि हुनेछ।

Esewa
Crest

यसमा सेबीमा दर्ता भएका ब्रोकरलाई लगानीकर्ताबाट भुक्तानी प्राप्त गर्न विशेष यूपीआई आईडी जारी गरिनेछ। नयाँ प्रणालीको मद्दतले लगानीकर्ताले विश्वसनीय संस्था र दर्ता भएका ब्रोकर पहिचान गर्न सक्नेछन्।

नयाँ यूपीआई भुक्तानी प्रणाली आउँदो अक्टोबर १ देखि लागू हुनेछ। सेबी प्रमुख तुहिन कान्त पाण्डेले भने, ‘यो नवीन संयन्त्रले प्रमाणित र सुरक्षित भुक्तानी च्यानल प्रदान गरेर शेयर बजारभित्र वित्तीय लेनदेनको सुरक्षालाई बलियो बनाउनेछ।’

‘सेबी चेक’मा लगानीकर्ताले क्यूआर कोड स्क्यान गरेर वा म्यानुअल रुपमा यूपीआई यूपीआईआईडी प्रविष्ट गरेर वा दर्ता भएका ब्रोकरको खाता नम्बर र आईएफएससी कोड प्रविष्ट गरेपछि यो सही छ कि छैन भनेर जान्न सक्ने सुविधा पाउनेछन्। यसको अर्थ लगानीकर्ताले जान्न सक्नेछन् कि उनीहरुले ठगी गर्नेलाई होइन सही र दर्ता भएका कम्पनीलाई पैसा पठाइरहेका छन्।

लगानीकर्ताले यूपीआईमार्फत दर्ता भएका ब्रोकरमा पैसा पठाउँदा हरियो ‘थम्स अप’ चिह्न देखा पर्नेछ। यदि यो चिह्न देखिएन भने ब्रोकर सम्भवतः सही छैन भन्ने बुझ्नुपर्नेछ।

सेबीले यूपीआईमार्फत गरिने शेयर कारोबारका लागि प्रतिदिन ५ लाख रुपैयाँसम्मको माथिल्लो सीमा तोकेको छ। जुन एनपीसीआईसँग परामर्श गरेर समय–समयमा समीक्षा गर्न सकिन्छ।

सेबीले पहिलोपटक सन् २०१९ मा बजारमा भुक्तानी विधिका रुपमा यूपीआईको प्रयोग सुरु गरेको थियो। हाल यूपीआईमार्फत शेयर बजारमा एक दिनमा २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS