IME Life New

एससीटी यूनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको यूनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससीटी यूनियन पे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ ।

Esewa
Crest

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटपेमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नेछन् । यस सुबिधाले ग्राहकहरूलाई आफ्नो पेमेन्ट गेटपे कार्डबाट पीओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत यूनियन पे कार्ड जारी गर्दै आइरहेको छ । यूनियन पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एससीटी उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS