IME Life New

वैज्ञानिकहरुले गरे चमत्कार, क्षतिग्रस्त मेरुदण्ड पुनर्निर्माणमा ऐतिहासिक सफलता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्राजिलका वैज्ञानिकहरुले चमत्कार गरेका छन्। उनीहरुले मानव शरीरको क्षतिग्रस्त स्पाइनल कर्ड (मेरुदण्ड) पुनर्निर्माणका लागि विश्वकै पहिलो औषधि विकास गर्न सफल भएका हुन्।

साओ पाउलो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले करिब २५ वर्ष लामो अध्ययन र प्रयोगपछि यो औषधि तयार पारेका हुन्। जसलाई उनीहरुले ‘रेजेनेसिस’ नाम दिएका छन्।

Esewa
Crest

यो औषधिले शरीरका क्षतिग्रस्त स्नायु कोषहरुलाई पुनः जडान गर्ने र नसोचिएका अंगहरुको गतिविधि पुनः सञ्चालन गराउने क्षमता प्रदर्शन गरेको छ। अनुसन्धानकर्ताहरुका अनुसार रेजेनेसिसले शरीरभित्र पाइने प्राकृतिक प्रोटिनहरुको सहयोगमा स्नायुहरुको पुनर्निर्माणका लागि अनुकूल वातावरण तयार गर्छ। जसले नरोनबीचको सञ्चार प्रणालीलाई पुनः सक्रिय बनाउँछ।

प्रारम्भिक परीक्षणमा यो औषधि प्रयोग गरिएका बिरामीमध्ये ८० प्रतिशतले उल्लेखनीय सुधार देखाएका छन्। आठजना बिरामीमाथि गरिएको परीक्षणमा ६ जनाले आफ्ना अंगहरुको चलायमान क्षमता पुनः प्राप्त गरेका छन्। यसलाई आधुनिक चिकित्साविज्ञान र न्युरोसाइन्स क्षेत्रमा एक ऐतिहासिक सफलता मानिएको छ।

वैज्ञानिकहरुको भनाइअनुसार यो औषधिले भविष्यमा पूर्ण प्यारालाइसिस भएका बिरामीहरुलाई पुनः हिँड्ने र दैनिक क्रियाकलाप गर्ने आशा जगाएको छ। हाल यो औषधि अझ ठूला स्तरका परीक्षण र अन्तर्राष्ट्रिय स्वीकृतिका प्रक्रियामा रहेको छ। सफल प्रमाणित भएमा यो चिकित्सा इतिहासकै ठूलो परिवर्तनको आधार बन्नेछ।

नेपालका स्वास्थ्य र विज्ञानका लागि पनि यो महत्वपूर्ण छ। किनकि यसले पुनर्जीवन चिकित्सा र मानव स्नायु उपचारका क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS