IME Life New

वैज्ञानिकहरुले विकास गरे ‘मिनी ब्रेन’, मानव मस्तिष्कजस्तै गर्छ काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैज्ञानिकहरुले मानव मस्तिष्कसँग सम्बन्धित गम्भीर रोग बुझ्न र तिनीहरुको उपचारमा क्रान्ति ल्याउन एउटा अनुसन्धान गरेका छन्।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले प्रयोगशालामा एउटा ‘मिनी ब्रेन’ बनाएका हुन्। यो मिनी ब्रेनले मानव मस्तिष्कजस्तै काम गर्छ र अटिजम, डिप्रेसन र अल्जाइमरजस्ता रोग पत्ता लगाउन मद्दत गर्न सक्छ।

Esewa
Crest

मिनी ब्रेन के हो ?

यो मिनीे ब्रेन प्रयोगशालामा सिर्जना गरिएको मोडेल हो। जुन मानव मस्तिष्कजस्तै देखिन्छ र काम गर्छ। वैज्ञानिकहरुले यसलाई मल्टी–रिजन ब्रेन अर्गानोइड (एमआरबीओ) नाम दिएका छन्। यो ४० दिने मानव भ्रुणको मस्तिष्कजस्तै छ। जसमा मस्तिष्कका सबै भाग र साना रक्तनली छन्। विशेष कुरा यो हो कि यो मिनी ब्रेनले हाम्रो मस्तिष्कले जस्तै विद्युतीय संकेतहरु पठाउँछ।

यो नयाँ औषधिहरु परीक्षण गर्ने सजिलो र सही तरिका हो। जसले उपचारको सफलता दर बढाउन सक्छ। धेरै आमाहरुका लागि मिनी–ब्रेनको यो खोजले उनीहरुका बच्चाहरुका लागि नयाँ आशा ल्याउन सक्छ।

यो मिनी ब्रेनकले औषधि परीक्षण गर्न मात्र मद्दत गर्दैन तर कुन औषधि कुन बिरामीका लागि उत्तम हुनेछ भनेर पनि बताउन सक्छ। यतिमात्र होइन भविष्यमा यो प्रविधिले ‘अर्गानोइड इन्टेलिजेन्स’तर्फ डोरÞ्याउन सक्छ। जहाँ मस्तिष्कजस्ता मोडेलहरु बायो–कम्प्युटिङमा प्रयोग गर्न सकिन्छ। यद्यपि, वैज्ञानिकहरुले यो प्रविधिको नैतिक पक्षहरुमा ध्यान दिनु महत्त्वपूर्ण छ भन्ने कुरामा पनि जोड दिइरहेका छन्।

यो किन विशेष छ ?

यो खोज पनि विशेष छ। किनकि यो पहिलोपटक हो कि वैज्ञानिकहरुले प्रयोगशालामा सम्पूर्ण मस्तिष्कको मोडेल सिर्जना गरेका छन्। यसले वैज्ञानिकहरुका लागि नयाँ बाटो मात्र खोल्दैन, यी रोगहरुसँग संघर्ष गरिरहेका लाखौँ परिवारहरुका लागि आशाको किरण पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS