IME Life New

मुद्दति निक्षेपबाट बिच्किँदै बचतकर्ता, बैंकबाट पैसा झिकेर शेयर बजारमा लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बचतकर्ताको बचत छरिन थालेको पाइएको छ। विगतमा आकर्षक ब्याज पाइने भएकाले मुद्दति निक्षेपमा आकर्षित हुने गरेका बचतकर्ता पछिल्लो समय बचतका अन्य विकल्पमा सरेका छन्।

तथ्यांकले मुद्दति निक्षेपबाट बचत अन्य क्षेत्रमा जान थालेको देखाएको छ। जसकारण बैंक तथा वित्तीय संस्थामा मुद्दति खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको छ।

Esewa
Crest

२०८१ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। कुल निक्षेपमा झन्डै ३८ खर्ब ६९ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ। कुल निक्षेपको ५७.१५ प्रतिशत हिस्सा मुद्दति निक्षेपको छ।

२०८० साउनमा ६१.३ प्रतिशत रहेको मुद्दति निक्षेपको हिस्सा २०८१ फागुनमा घटेर ५१.७ प्रतिशतमा झरेको छ। २०८० साउनदेखि २०८१ फागुनसम्म मुद्दति निक्षेपको अंश ९.६ प्रतिशत विन्दुले घटेको केन्द्रीय बैंकको तथ्यांक छ।

पछिल्लो समय बचतका अन्य आकर्षक विकल्प भेटिँदा बचतकर्ता त्यसतर्फ आकर्षित भएका हुन। पछिल्लो समय मुद्दति निक्षेपको ब्याज साधारण निक्षेपको भन्दा पनि कम भएपछि बचतकर्ता मुद्दति निक्षेपबाट बाहिरिन थालेका हुन्।

पछिल्ला महिनाहरुमा बैंकहरुले लागत कम गर्न मुद्दति निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। धेरै बैंकको ब्याजदर साधारण बचतको तुलनामा कम छ। गत वैशाख १ गतेदेखि दर्जन बैंकले बचतभन्दा अल्पकालीन मुद्दति निक्षेपको ब्याजदर तल झारेका छन्।

एनआईसी एसिया, माछापुच्छ्रे, सानिमा, एनएमबि, एभरेस्ट, स्टान्डर्ड चार्टर्ड, कृषि विकास, लक्ष्मी सनराइज, कुमारी, हिमालयन र नेपाल बैंकले साधारण बचतमाभन्दा अल्पकालीन मुद्दतिमा ब्याजदर तल झारेका छन्। यसले कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा झनै घट्ने देखिएको जानकारहरु बताउँछन्।

वाणिज्य बैंकहरुको २०८१ फागुनमा निक्षेपको भारित औसत ब्याजदर ४.५४ प्रतिशत, विकास बैंकहरुको ५.३२ प्रतिशत र वित्त कम्पनीहरुको ६.३६ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुको २०८० साउनमा निक्षेपको भारित औसत ब्याजदर ८ प्रतिशत, विकास बैंकहरुको ९.२८ प्रतिशत र वित्त कम्पनीहरुको १०.१३ प्रतिशत कायम भएको थियो।

यसरी निरन्तर ब्याजदर घट्दै जाँदा मुद्दति निक्षेप पनि घट्दै गइरहेको हो। अहिले मुद्दति खाताको निक्षेप झिकेर शेयर बजारतर्फ लगानी गर्ने क्रम बढिरहेको छ। त्यसबाहेक अन्य लगानीका लागि अवसरहरु सिर्जना नभइसकेको भन्दै शेयर बजारमा आकर्षण बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाको मुद्दति खाताको निक्षेप घट्दै गएको हो।

चालु आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ५१.७ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश ५८.७ प्रतिशत रहेको थियो। गत साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ५७.५ प्रतिशत रहेको थियो। जब कि २०८० को साउनमा मुद्दति निक्षेपको अंश ६१.३ प्रतिशत रहेको थियो।

गत फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो निक्षेपको ५७.१५ प्रतिशत अंश मुद्दति निक्षेपको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ६१ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा मुद्दति निक्षेपको अंश ५८.७ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS