IME Life New

यो देश बन्नेछ युरोपको ‘साउदी अरेबिया’, फेला पर्यो तेलको ठूलो भण्डार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेटो सदस्य देशले ठूलो तेल भण्डार पत्ता लगाएको छ। यस भण्डारबाट हरेक दिन १ हजार ब्यारेल तेल उत्पादन गर्न सकिन्छ। यो युरोपका लागि ठूलो खोज मानिएको छ।

अहिलेसम्म युरोपेली देशहरु तेल र ग्यासको लागि बाँकी महादेशका देशहरुमा निर्भर छन्। पहिले धेरैजसो युरोपेली देशहरुले रुसबाट ठूलो मात्रामा ग्यास र तेल आयात गर्थे। यद्यपि, युक्रेन युद्ध पछि यसको मात्रा घटेको छ।

Esewa
Crest

हंगेरीको तेल र ग्यास कम्पनी एमओएलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो क्षेत्र उत्तरी हंगेरीको गाल्गाहेभिज सहर नजिकै २ हजार ४०० मिटरको गहिराइमा पत्ता लागेको छ। यो नयाँ भण्डारले हंगेरीको आपूर्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँछ। किनकि घरेलु उत्पादनले आयातमा निर्भरता घटाउँछ।’

हंगेरीका विदेशमन्त्री पिटर सिज्जार्तोले पहिले नै भनेका थिए, ‘रुसी तेल हंगेरीमा लैजाने ड्रुज्बा पाइपलाइनमा युक्रेनको आक्रमण उनको देशमाथिको आक्रमणजस्तै हो। जेलेन्स्कीले स्पष्ट पारेका थिए कि यदि हंगेरीले युक्रेनको पक्षमा अडान लिएन भने युक्रेनले ड्रुज्बा पाइपलाइनमा आक्रमण गरिरहनेछ। जुन हंगेरीको ऊर्जा सुरक्षाका लागि धेरै महत्वपूर्ण छ।’

हंगेरीले नेटो सदस्य भए पनि रुसबाट तेल किन्न जारी राखेको छ। विदेशमन्त्री पिटर सिज्जार्तोले हंगेरीले खुलेआम रुसी तेल किन्ने बताएका छन् किनभने यसको कुनै विकल्प छैन। उनले केही अन्य युरोपेली देशहरुले मध्यस्थकर्तामार्फत गोप्य रुपमा रुसी तेल सस्तो मूल्यमा आयात गरिरहेको पनि दाबी गरे।

हंगेरीबाहेक स्लोभाकियाले पनि रुसबाट तेल र ग्यास किनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS