IME Life New

विश्वका लागि साउदीले खोल्यो ढोका, अब विदेशीले ठूला सहरमा जग्गा किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबिया सरकारले एउटा महत्वपूर्ण कदम चालेको छ। साउदीले विदेशीहरुलाई जग्गा किन्न अनुमति दिने निर्णय गरेको हो।

अर्थतन्त्रलाई विविधीकरण गर्ने र विदेशी लगानी बढाउने योजनाको एउटा भागका रुपमा साउदीले विदेशीहरुलाई स्थायी सम्पत्ति किन्न अनुमति दिने नयाँ कानुनलाई अनुमोदन गरेको छ। मंगलबार पारित कानुनले विदेशीहरुलाई राजधानी रियाद र लाल सागर तटीय सहर जेद्दाहका विशिष्ट क्षेत्रहरुमा जग्गा किन्न अनुमति दिन्छ।

Esewa
Crest

मिडिल इस्ट आईको रिपोर्टअनुसार जग्गा खरिदसँग सम्बन्धित यो कानुन पारित हुनुको प्रभाव देखिन थालेको छ। यो कदमले साउदीको रियल स्टेट शेयरमा वृद्धि भएको छ।

यो कानुन जनवरी २०२६ देखि लागू हुने अपेक्षा गरिएको छ। यद्यपि, साउदी अरेबियाको रियल स्टेट जनरल अथोरिटीले यससँग सम्बन्धित नियमहरुका बारेमा अझै धेरै जानकारी दिएको छैन।

साउदीको सम्पत्ति बजारलाई विदेशी लगानीका लागि खोल्नु राजकुमार मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ परियोजनाको एउटा हिस्सा हो। यो योजनाले विशेषगरी साउदी अरेबियाको लाल सागर तटलाई विदेशीहरुका लागि खोल्न जोड दिन्छ। यस योजनाको उद्देश्य साउदी अर्थतन्त्रको तेलमा निर्भरता कम गर्दै अन्य क्षेत्रहरु विकास गर्नु हो।

साउदीले हालैका वर्षहरुमा आफ्ना ठूला सहरहरुमा धेरै ठूला निर्माण सुरु गरेको छ। सन् २०२४ मा, साउदी अरबले रियादमा मुकाबको निर्माण सुरु गरेको छ। जुन विश्वको सबैभन्दा ठूलो भवन हुनेछ।

साउदीले रेड सी रिसोर्टहरुको निर्माणमा पनि ध्यान केन्द्रित गरिरहेको छ। रिट्ज कार्लटन रिजर्भजस्ता यी रिसोर्टमध्ये केही पहिले नै खुलेका छन्।

यस वर्षको सुरुमा साउदीको पुँजी बजार प्राधिकरण (सीएमए)ले धार्मिक महत्व राख्ने मक्का र मदिनाजस्ता सहरमा रियल स्टेट कम्पनीहरुमा विदेशी लगानीलाई अनुमति दिएको थियो। विदेशीहरुलाई लगानी गर्न अनुमति दिने ऐतिहासिक निर्णयले विश्वभरका लगानीकर्ताका लागि मक्का र मदिनामा रियल स्टेटको ढोका खोलेको छ।

विज्ञहरुका अनुसार साउदी अरबले आफ्नो रियल स्टेट र पर्यटन बढाउने दोहोरो लक्ष्यमा काम गरिरहेको छ। साउदीको उद्देश्य विश्वका धनी मानिसलाई आकर्षित गर्नु हो। विदेशीलाई आकर्षित गर्न साउदीले सामाजिक सुधारहरु गर्ने र आफ्नो उदार छवि प्रस्तुत गर्ने प्रयास पनि गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS