IME Life New

सर्वोत्तम सिमेन्टको नाफा साढे ९० करोड माथि, बढ्यो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चैतसम्म कम्पनीले ९० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्मको तुलनामा ५०.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

चालु वर्षको चैतसम्म कम्पनीले उत्पादन बिक्री गरेर ७ अर्ब ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष चैतसम्म कम्पनीले ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी २.८८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीले अन्य आम्दानी १८ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म अन्य आम्दानी १२ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २३.१२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९५.९६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS