IME Life New

सर्वोत्तम सिमेन्टले ३ महिनामै कमायो करिब साढे ३२ करोड, आम्दानी पनि झन्डै २ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार सर्वोत्तम सिमेन्टले चालु वर्षको असोजसम्म ३२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को असारसम्म कम्पनीले १ अर्ब ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीको १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्ष असारसम्म कम्पनीको आम्दानी ९ अर्ब ५५ करोड ३ लाख रुपैयाँ थियो।

चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब ३६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असारसम्म कम्पनीको व्यापार खर्च ७ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी २६.०७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०८.११ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS