IME Life New

धितोपत्र बोर्डबाट सान्भी इनर्जीले पायो आइपीओ ल्याउने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आइपीओ ल्याउने अनुमति पाएको छ।

धितोपत्र बोर्डले सान्भी इनर्जीलाई आज चैत ११ गते आइपीओ ल्याउन अनुमति दिएको छ। अब यो कम्पनीले चुक्तापुँजीको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगार र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री खुला गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ।

हाल कम्पनीमा संस्थापक समूहको ५६.९३ प्रतिशतले हुन आउने ५० करोड १० लाख रुपैयाँ लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८८ करोड रुपैयाँ पुग्नेछ।

सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS