काठमाडौं । दाङको तुलसीपुरस्थित सञ्जीवनी लघुवित्त वित्तीय संस्था (साविक सुपर लघुवित्त) समस्याग्रस्त संस्थाको सूचीबाट हटेको छ।
नेपाल राष्ट्र बैंकको चैत ५ गतेको निर्णयबाट सञ्जीवनी लघुवित्तलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाइएको हो। योसँगै सञ्जीवनी लघुवित्तलाई नियमित वित्तीय कारोबार गर्न केन्द्रीय बैंकले स्वीकृति पनि प्रदान गरेको छ।
२०७९ भदौ २२ गते राष्ट्र बैंकले सञ्जीवनी लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो।












