काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको बाढीबा प्रभावित व्यक्तिलाई राहत होस भन्न्े उद्देश्यले सहयोग गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख तथा सञ्चालक समिति र कर्मचारीबाट रु २१ लाख गरी जम्मा रु ७२ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
साथै, कम्पनीले उक्त स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धासुमन तथा घाइते सबैको सिघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ ।












