IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा १०% ले बढ्यो, खुद बीमा शुल्क आर्जन ७८ करोड ७४ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/ ८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार अधिकांश सूचक बढेका छन् ।

२ अर्ब १५ करोड रुपैयाँ शेयर पूजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा ७५ करोड ९८ लाख रहेको छ ।

Esewa
Crest

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १८ करोड १६ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा १६ करोड ५१ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा ५८ करोड ४६ लाख रहेको थियो ।

समीक्षा वर्षमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७२ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.९८ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८१ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १०.१२ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS