IME Life New

सानिमा जिआइसीका प्रमुख कार्यकारीले थपे शैक्षिक उपाधी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले अर्को एउटा शैक्षिक प्रमाण पत्र थपेका छन्।

उपाध्यायले बेलायतस्थित चार्टर्ड इन्स्योरेन्स इन्स्टिच्युटबाट लेभल सिक्स डिप्लोमा तहको अध्ययन पुरा गरेर शैक्षिक उपाधी हासिल गरेका हुन्।

Esewa
Crest

दुइ दशकदेखि निरन्तर निर्जीवन बीमा क्षेत्रमा सकृय उपाध्याय इन्स्योरेन्स इन्स्टिच्यु अफ इण्डियाबाट उपाधी प्राप्त सदस्य र चार्टर्ड इन्स्योरेन्स इन्स्टिच्युट बेलायतबाट डिप्लोमा तहको शिक्षा हासिल गरि सकेका छन् ।

उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर र कानून संकायमा एलएलबी तहको समेत शैक्षिक उपाधी प्राप्त गरेका छन् ।

चार्टर्ड इन्स्योरेन्स इन्स्टिच्युटका अनुसार लेभल सिक्स(छैठाैं तह)को शैक्षिक योग्यता हासिल गर्नका लागि ६६० देखि ८५० घण्टासम्मको पाठ्यक्रम अध्ययन पुरा गर्नुपर्छ। यसबाहेक विभिन्त चरणको प्रस्तुतीकरण, प्रतिवेदनका साथै लिखित परिक्षा समेत उतीर्ण गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS