IME Life New

आजसम्म शेयर किन्नेले सानिमा बैंकको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि भोलि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २६ गतेसम्म कायम शेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले वार्षिक साधारणसभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ प्रस्तावित नगद लाभांश पारित गर्नेछ। जसअनुसार बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्नेछ।

सभाले १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यो अग्राधिकार शेयरको वार्षिक प्रतिफल ८.२५ प्रतिशत रहेको छ।

यसैगरी सभाले बैंकको अधिकृत पुँजी २० अर्बलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ। सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS