IME Life New

सामसङ नेपालको रेमिटमा बेनिफिट अभियान सुरु, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसुङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले याे अभियान सुरु गर्न लागिएकाे कम्पनीले जनाएकाे छ ।

रेमिट्यान्स केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक हो भन्ने बुझाइमा आधारित भएर सामसुङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत नेपालभरि रहेका रेमिट्यान्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ ।

Esewa
Crest

यस अभियानअन्तर्गत ग्राहकहरूले सामसुङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस्ता छन् अफरहरू

१. स्मार्टफोन, सामसुङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६५ प्रतिशत सम्म क्यासब्याक ।
२. एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा ।
३. २४ महिनासम्मको ईएमआई सुविधा ।

कम्पनीले ल्याएकाे सुविधाले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसुङका प्रिमियम तथा गुणस्तरीय उत्पादनमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

यो अभियानलाई आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्राेनिक्स र त्रिवेणी व्यापार लिमिटेडजस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाइएको छ । यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायती र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको कम्पनीकाे दाबी छ ।

अफर उपयोग गर्ने प्रक्रिया

१. आईएमई रेमिटमार्फत रेमिट्यान्स प्राप्त गर्नुहोस् ।
२. आईएमई कन्ट्रोल नम्बरसहित स्टोरमा जानुहोस् ।
३. इच्छित डिभाइस छनोट गरी एचएफएलमार्फत ऋण आवेदन दिनुहोस् ।
४.  सामसुङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिनुहोस् र बोनस प्राप्त गर्नुहोस् ।
५. खल्तीमार्फत योग्य क्यासब्याक प्राप्त गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS