IME Life New

सामसङ नेपालद्वारा विश्वकप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको छघरमै रंगशाला जस्तै रोमाञ्चक र इमर्सिभ खेलको अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो आकर्षक योजना ल्याएको हो। ग्राहकहरूले यो विशेष अफरको लाभ सन् २०२६ जुलाई १९ सम्म उठाउन सक्ने सामसङ नेपालले जनाएको छ

यस अफर अन्तर्गत ग्राहकहरूले चुनिएका सामसङ टिभीका मोडेलहरूमा २५ प्रतिशतसम्मको सानदार क्यासब्याक प्राप्त गर्न सक्नेछन्, जसले गर्दा विश्वकपको अवसरमा ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न सहज हुनेछ

Esewa
Crest

खेलको रोमान्चकतालाई थप गुणात्मक बनाउनका लागि कम्पनीले ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूलाई रु. ४९,९९० मूल्य पर्ने साउन्डबार (Soundbar) मात्र रु. ९,९९९ मा उपलब्ध गराउने घोषणा गरेको छ। यस साउन्डबारले स्क्रिनको भिजुअलसँगै शक्तिशाली र उत्कृष्ट अडियो प्रदान गर्नेछ

विश्वकपको लाइभ मज्जा लिन र थप मनोरञ्जनका लागि सामसङले नि:शुल्क ‘वर्ल्ड कप लाइभ सब्सक्रिप्सन’ (World Cup Live Subscription) का साथै १२ महिनासम्मको नि:शुल्क नेटटिभी (NETTV) प्याकेज पनि उपलब्ध गराएको छ

योजना अनुसार QLED र UHD मोडेलको खरिदमा १२ महिनाको नि:शुल्क NETTV प्याकेज पाइनेछ भने FHD र HD मोडेलको खरिदमा ६ महिनाको नि:शुल्क NETTV प्याकेज उपलब्ध हुनेछ। यसले ग्राहकहरूलाई बिना झन्झट लाइभ खेल र अन्य विविध मनोरञ्जनात्मक सामग्रीहरूको आनन्द लिन मद्दत पुर्‍याउनेछ

उपलब्ध टिभी अफरहरूको विवरण यस प्रकार छ:

  • QLED (५५”– ८५”): २५% सम्म क्यासब्याक, नि:शुल्क १२ महिनाको NETTV प्याकेज र World Cup Live Subscription (७५” र ८५” मोडेलमा मात्र रु. ९,९९९ मा साउन्डबार)

  • UHD (४३”–६५”): १०% सम्म क्यासब्याक, नि:शुल्क १२ महिनाको NETTV प्याकेज र World Cup Live Subscription

  • FHD (४३”): ७% सम्म क्यासब्याक, नि:शुल्क ६ महिनाको NETTV प्याकेज र World Cup Live Subscription

  • HD (३२”): २१% सम्म क्यासब्याक, नि:शुल्क ६ महिनाको NETTV प्याकेज र World Cup Live Subscription

ग्राहकहरूको सहजताका लागि हुलास फिनसर्भ हाएर पर्चेज लिमिटेड (Hulas Finserve Hire Purchase Ltd.) द्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत १२ वा २४ महिनाको ईएमआई (EMI) किस्ताबन्दी योजनामा पनि टिभी खरिद गर्न सकिने व्यवस्था गरिएको छ

यसका साथै पुराना इलेक्ट्रोनिक्स सामान फेरेर नयाँ टिभी लिन चाहनेहरूले ‘अर्कॉस्टोर’ (ArkoStore) मार्फत वा नेपालभर रहेका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू एक्सचेन्ज (Exchange) गर्न सक्नेछन्। यस अफरको विस्तृत जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS