IME Life New

सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, फाइनान्सिङ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष एक्सचेन्ज अभियान सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर सामसुङको नवीनतम ग्यालेक्सी स्मार्टफोनहरूमा सहजै अपग्रेड गर्न सक्नेछन् ।

अभियानमा सहभागी हुने ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सरल ईएमआई सुविधाका साथै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

Esewa
Crest

कम्पनीले नयाँ सार्वजनिक ग्यालेक्सी एस२६ सिरिज र ए सिरिजका स्मार्टफोनहरूमा आकर्षक छुटको व्यवस्था गरेको छ । जसअनुसार ग्यालेक्सी S26+ मा २३ हजार रुपैयाँ तथा एस२६ अल्ट्रा र एस२६ मा १० हजार रुपैयाँ निश्चित छुट उपलब्ध गराइएको छ ।

ग्यालेक्सी ए५७ र ए३७ मोडलमा ग्राहकले ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस पाउनेछन् । यो अफरमा एनसेलका प्रयोगकर्ताहरूका लागि १८० जीबीसम्मको बोनस डेटा सुविधा समेत समावेश गरिएको छ ।

मे २७ देखि जुन ३० सम्म चल्ने यो सीमित अवधिको योजना देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS