IME Life New

बजार पुँजीकरण १ ट्रिलियन डलर भएको पहिलो दक्षिण कोरियाली कम्पनी बन्यो सामसुङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङको बजार पुँजीकरण १ ट्रिलियन डलर पुगेको छ। सामसुङ यो उपलब्धि हासिल गर्ने पहिलो दक्षिण कोरियाली र एसियामा चौथो कम्पनी हो।

हालसम्म केवल १५ कम्पनीले यो उपलब्धि हासिल गरेका छन्। जसमध्ये ११ अमेरिकी छन्। चीनको पेट्रोचाइना सन् २००७ मा क्लबमा सामेल हुने पहिलो कम्पनी थियो। आज यो २९९.४२ अर्ब डलरको बजार पुँजीकरणका साथ विश्वव्यापी रुपमा ४९ औँ स्थानमा छ।

Esewa
Crest

बजार पुँजीकरणका हिसाबले एनभिडिया विश्वको सबैभन्दा ठूलो कम्पनी हो। यसको बजार पुँजीकरण ४.३१४ ट्रिलियन डलर छ।

गत अक्टोबरमा एनभिडियाको बजार पुँजीकरण ५ ट्रिलियन डलर पुगेको थियो। यो उपलब्धि हासिल गर्ने एनभिडिया विश्वको एकमात्र कम्पनी हो।

यसैगरी आईफोन निर्माता एप्पल ३.८८२ ट्रिलियन डलरको बजार पुँजीकरणको साथ दोस्रो स्थान र गुगलको माउ कम्पनी अल्फाबेट ३.७६७ ट्रिलियन डलरको बजार पुँजीकरणका साथ सूचीमा तेस्रो स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS