IME Life New

साल्ट ट्रेडिङले डाक्यो साधारणसभा, लाभांश पारिससँगै के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो ५९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो जेठ २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र निमायवली पनि सभाले स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS