काठमाडौं । सालपा विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको आउँदो असार १५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित शुभम फाउन्डेसन परिसरमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले बैंकको हालको कार्यक्षेत्रबाहेक थप ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि नियवमाली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमो सोहीबमोजिम गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले सञ्चालकहरुको सेवासुविधा पुनरावलोकन गरी सोहीबमोजिम नियमावलीको सम्बन्धित नियमन संशोधन गर्ने र आगामी कार्यका लागि सञ्चालक समितिको चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
बैंकले सभा प्रयोजनका लागि आउँदो असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन योग्य हुनेछन्।












