IME Life New

आजबाट सागर डिस्टिलरीको आइपीओ बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि आज भदौ ३० गते आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले गत भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भनिएको थियो। तर, हाल मुलुकमा देखिएको विषम परिस्थितलाई ध्यानमा राखेर कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो। अब यो आइपीओमा आज बैंकिङ समयबाट आवेदन दिन सकिनेछ।

Esewa
Crest

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको छ।

यो आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डका अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS