IME Life New

सागर डिस्टिलरीको आइपीओ बाँडफाँट, यी माध्यमबाट हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिस्टिलरीको आइपीओ आज असोज १२ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ। आइपीओ बाँडफाँट कार्यक्रम आज बिहान राखिएको थियो।

Esewa
Crest

सागर डिस्टिलरीको आइपीओ गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको थियो।

यो आइपीओमा कुल २२ लाख २७ हजार ५०३ आवेदकले शेयर माग गरेका थिए। जसमा २१ लाख ९३ हजार ८३२ आवेदकले माग गरेको शेयर सदर भएको छ। बाँकी ६६ हजार ३२० आवेदकले माग गरेको शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ६४ जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

सागर डिस्टिलरीको आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धकका साथै सीडीएससीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा गएर हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS