IME Life New

चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी बन्यो सागर डिस्टिलरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी सागर डिस्टिलरी बनेको छ।

नेपाल धितोपत्र बोर्डले आज साउन १२ गते सागर डिस्टिलरीलाई आइपीओ ल्याउन अनुमति दिएको हो। यो कम्पनीले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ।

Esewa
Crest

अब कम्पनीले १४ करोड ५२ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS