IME Life New

साफ महिला यू–२० फुटबलमा श्रीलंकाविरूद्ध ७–० गोलको फराकिलो अन्तरले नेपाल विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा जारी साफ महिला यू–२० च्याम्पियनशीप प्रतियोगिता अन्तर्गत मंगलबार राती सम्पन्न श्रीलंकाविरूद्धको खेलमा नेपालले ७–० गोलको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

राजधानी ढाकास्थित बसुन्धरा किङ्गस एरिनामा अभ्यास खेल मैदानमा भएको खेलमा नेपालले शुरूवात देखि नै अग्रता लियो। कमजोर प्रतिस्पर्धीका सामू नेपाली टोलीको प्रदर्शनी लयमा रहेको थियो।

Esewa
Crest

भारी वर्षाका कारण ढिलो गरी शुरू भएको खेलमा नेपालका लागि मीना देउवाले ३ गोलको योगदान गरिन् । नेपालको फराकिलो अन्तर सहितको जीतमा पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १–१ गोलको योगदान गरे ।

खेलको मध्यान्तर अघि नै ५ गोलको अग्रता लिएको नेपाली टोलीले मध्यान्तर पछि थप २ गोल थपेको थियो ।

खेलको आठौं मिनेटमा मीना देउवाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले गोल गर्दा ४२औं मिनेटमा पुनः मीनाले व्यक्तिगत दोस्रो गोल गरेर नेपाललाई ३–० को अग्रता दिलाइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै गोल अन्तर अझै फराकिलो पारि दिइन् ।

खेलको ७०औं मिनेटमा मीनाले तेश्रो व्यक्तिगत गोल गर्दा इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमा गोल गर्दै नेपाललाई ७–० को अवस्थामा पुर्‍याइन् ।

प्रतियोगितामा कुल तीनवटा खेल खेलि सकेको नेपालले  भुटान र श्रीलंकाविरूद्धको खेलमा जित हासिल गरेको छ भने घरेलु टोली बंगलादेशविरूद्धको खेलमा पराजय भोग्यो ।

पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले  पराजित गरेपनि दोश्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । बंगलादेशसँग खेलको पूर्वनिर्धारित समयसम्म २–२ को बराबरीमा रहेको नेपाली टोली इन्जुरी समयमा बंगलादेशबाट १ गोल खान पुग्दा पराजित भएको हो।

साफ यु २० महिला फुटबलमा श्रीलंका सबैभन्दा कमजोर टोलीका रूपमा देखिएको छ। यसले पहिलो खेलमा बंगलादेशसँग ९–१ र दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजय भोगेको छ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा जित हासिल गर्दै ९ अंकसहित शीर्षस्थानमा छ। नेपालको ३ खेलमध्ये २ मा जित सहित ६ अंकमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको भुटानको ३ अंक छ ।

यो प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान र श्रीलंकाली महिला फुटबल टोली सहभागि छन् । उनीहरूबीच दोहोरो भिडन्तका अाधारमा प्राप्त अंकबाट अंक तालिकामा शिर्ष स्थानमा रहने टोलीलाई च्याम्पियनशिप ट्रफी विजेता घोषित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS