IME Life New

उपचार खर्च जुटाउनका लागि साबित्रा भण्डारीको याचना, एन्फाको चाैतर्फी आलोचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले सार्वजनिक रूपमा आर्थिक सहयोगको याचना गरेपछि नेपाली खेलकुद क्षेत्र पुनः एकपटक गम्भीर बहसको केन्द्रमा आएको छ। सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी कप्तान साम्बा उपचारका लागि आवश्यक ८० हजार अमेरिकी डलर जुटाउन नसक्दा समर्थकसामु सहयोग माग्न बाध्य भएकी हुन्।

साम्बाको घुँडाको एसीएलमा पहिले गरिएको ग्राफ्ट तथा एमसिएल दुबैमा गम्भीर समस्या देखिएको छ। चिकित्सकका अनुसार पुनः जटिल शल्यक्रिया आवश्यक छ, जसपछि ७-८ महिना लामो रिह्याब प्रक्रिया चल्नेछ।

Esewa
Crest

यसअघि चोट लाग्दा एन्फाको पहलमा कतारको अस्पेटार अस्पतालमा उच्चस्तरीय उपचार सम्भव भएको थियो। आर्थिक तथा प्रशासनिक सहयोग समयमै उपलब्ध भएकाले उनी छिट्टै मैदान फर्किन सफल भएकी थिइन्। तर यसपटक अवस्था फरक देखिएको छ।

राष्ट्रिय टोलीकी कप्तानले सार्वजनिक रूपमा व्यक्त गरेको असन्तुष्टिले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्षमतामाथि प्रश्न उठाएको छ। यद्दपी एन्फाले उपचारका लागि आवश्यक समन्वय भइरहेको दाबी गरेको छ।

उनका अनुसार, एन्फाबाट प्रशासनिक प्रक्रिया अघि बढ्ने भनिए पनि कार्यान्वयन भएन। पटक–पटक सम्पर्क गर्न खोज्दा कठिनाइ भयो। अन्ततः एन्फा अध्यक्षबाट प्रशासनिक सहयोग सम्भव नरहेको जानकारी दिइयो। नगद ५ लाख रुपैयाँसम्म सहयोग दिने प्रस्ताव राखियो, तर बाँकी प्रक्रिया स्वयं गर्न भनियो। यसले गर्दा सुरु भइसकेको प्रक्रिया रोकियो र शल्यक्रियाको मिति समेत ढिलाइ भयो। झण्डै दुई महिना बितिसक्दा पनि उपचार टुंगोमा नपुग्नु गम्भीर विषय बनेको छ।

साम्बा इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेलेर नेपालको पहिचान बोकेकी खेलाडी हुन्। युरोपसम्म पुगेर खेलेकी राष्ट्रिय कप्तानले यदि उपचारका लागि सार्वजनिक सहयोग माग्नुपर्छ भने अन्य खेलाडीको अवस्था कस्तो होलारु भन्ने प्रश्न स्वतः उठ्छ।

उनको क्लब न्युजिल्यान्डमै उपचार गर्न तयार भए पनि, चोटको गम्भीरता र अघिल्लो सफल उपचारका कारण उनी पुनः कतारकै अस्पतालमा शल्यक्रिया गराउन चाहन्छिन्। क्लबको बीमा रकम प्राप्त भए पनि त्यो शल्यक्रिया र लामो रिह्याब खर्चका लागि अपुग हुने बताइएको छ।

नेपालमा धेरै खेलाडी पर्याप्त बीमा सुरक्षाविना खेलिरहेका छन्। चोटपटकपछि करियर नै जोखिममा पर्ने अवस्थामा पुग्छन्। संस्थागत सहयोग ढिलो वा अपुग हुने गुनासो बारम्बार दोहोरिन्छ। राष्ट्रिय टोलीकी कप्तानले नै “आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि समर्थकहरूसामु आउनुपरेको” उल्लेख गर्नु भावनात्मक मात्र होइन, संरचनात्मक समस्याको संकेत हो।

राष्ट्रिय खेलाडीका लागि स्थायी मेडिकल इन्स्योरेन्स कोष किन छैन ? अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडीलाई आपतकालीन उपचार संयन्त्र किन सक्रिय हुँदैन ? संघ र सरकारबीच समन्वय अभावको जिम्मेवारी कसले लिने ?

सावित्रा ‘साम्बा’को याचना कुनै खेलाडीको व्यक्तिगत समस्या होइन-यो नेपाली खेलकुद संरचनाको कमजोरीको दर्पण हो। यदि देशको लागि शतप्रतिशत समर्पित कप्तानले नै उपचारका लागि सार्वजनिक सहयोग माग्नुपर्छ भने, यो सम्पूर्ण खेल प्रशासनका लागि आत्ममूल्यांकनको क्षण हो।

अब प्रश्न ८० हजार डलरको मात्र छैन-प्रश्न हो, नेपाली खेलाडीको भविष्य कति सुरक्षित ?

Support Samba’s Surgery : Stand with Sabitra on her Road to Recovery – Givealittle

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS