IME Life New

पुटिन आगोसँग खेलिरहेको ट्रम्पको भनाइप्रति रुस रुष्ट, दियो तेस्रो विश्वयुद्धको धम्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुससँग रिसाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसको कारण हुन्। ट्रम्पले जुनसुकै मूल्यमा रुस र युक्रेनबीच युद्धविराम चाहन्छन्। तर पुटिन यसका लागि तयार छैनन्।

यस्तो अवस्थामा ट्रम्पले पुटिनलाई स्पष्टसँग भनेका थिए, ‘हाम्रो कुरा नसुनेर पुटिन आगोसँग खेलिरहेका छन्।’ तर, रुसले ट्रम्पको यो धम्कीप्रति कडा प्रतिक्रिया दिएको छ।

Esewa
Crest

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले भने, ‘ट्रम्पले पुटिन आगोसँग खेलिरहेको भनेका छन् र उनी रुसलाई केही नराम्रो गर्न सक्छन्। तर, मलाई एउटा मात्र नराम्रो कुरा थाहा छ र त्यो हो तेस्रो विश्वयुद्ध। आशा छ ट्रम्पले यो बुझ्नेछन्।’

अमेरिका र रुसको यी भनाइबाट यो निश्चित छ कि दुई देशबीच सबै कुरा सामान्य छैन। यसअघि ट्रम्पले पुटिनमाथि रिसाउँदै भनेका थिए, ‘पुटिनले बुझ्नुपर्छ कि यदि म त्यहाँ नभएको भए, अहिलेसम्म रुसलाई धेरै नराम्रो कुरा भइसकेको हुन्थ्यो। मेरो मतलब साँच्चै धेरै नराम्रो। उनी आगोसँग खेलिरहेका छन्।’ ट्रम्पले पहिले पुटिनलाई पागल भनेका छन्।

पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘म पुटिनलाई धेरै पहिलेदेखि चिन्छु, हाम्रो सम्बन्ध राम्रो छ। तर, अहिले उनी रकेट प्रहार गरिरहेका छन्, सहरहरुमा आक्रमण गरिरहेका छन्, मानिसहरुलाई मारिरहेका छन्। मलाई यो पटक्कै मन पर्दैन। मलाई थाहा छैन यो मान्छेलाई के भएको छ। हामी कुरा गरिरहेका छौँ र उनी किभ र अन्य सहरहरुमा मिसाइल वर्षा गरिरहेका छन्। केही गलत छ। मलाई यो सबै मन पर्दैन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS