IME Life New

ग्रामीण विकास लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, समाजसँगको मर्जर प्रक्रिया पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले यही असार २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभा भर्चुअल माध्यमबाट पनि हुनेछ।

Esewa
Crest

सभाले ग्रामीण विकास र समाज लघुवित्तबीचको मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। हाल संस्थाको जारी र चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ र समाज लघुवित्तको २ करोड २८ लाख ५० हजार रुपैयाँ रहेकोले मर्जरपछि पुँजी संरचना परिवर्तन हुने भएकोले सोहीबमोजिम नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले दुवै संस्थाको शेयर स्वाप रेसियो १ः१ अनुपात कायम गरी मर्जर गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले दुई संस्थाबीचको मर्जरका लागि हालसम्म भएका सबै प्रक्रिया तथा गतिविधि स्वीकृत गर्नेछ।

सभाले मर्जरपश्चात नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतमा उल्लेख भई आएबमोजिमको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघट गर्न सुझाव तथा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS