IME Life New

रास्वपाः ३१ जित, ८७ मा अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ३१ क्षेत्रमा जित हासिल गरेको छ।

काठमाडौंको १० वटै क्षेत्रमा क्लिन स्विप गरेको रास्वपाले हालसम्म ३१ क्षेत्रमा जित निकालेको निर्वाचन आयोगको पछिल्लो तथ्यांकले देखाएको हो। तथ्यांकअनुसार रास्वपा हाल ८७ क्षेत्रमा अग्रता हासिल गरिरहेको छ।

Esewa
Crest

हाल विभिन्न क्षेत्रमा मत गणना जारी रहेको छ। ताजा मत परिणामअनुसार नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निलेको छ १० क्षेत्रमा अग्रता लिइरहेको छ।

यसैगरी नेकपा एमालेले २ क्षेत्र जित्दा ८ क्षेत्रमा अग्रता लिइरहेको छ भने नेकपाले पनि १ क्षेत्र जित ९ क्षेत्रमा अग्रता लिइरहेका छन्। स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जित हासिल गरेका छन्।

आयोगका अनुसार हालसम्म ४० क्षेत्रको नतिजा आइसकेको छ। १२१ क्षेत्रमा मत गणना जारी रहँदा ४ क्षेत्रमा मत गणना हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS