IME Life New

शेयर ब्रोकरलाई अर्थमन्त्रीले भने, ‘शेयर बजारका लागि सबैभन्दा उदार पार्टी रास्वपा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारका लागि सबैभन्दा उदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको बताएका छन्।

अर्थ मन्त्रालयमा आज स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री वाग्ले यस्तो धारणा राखेका हुन्। ‘शेयर बजारका लागि सबैभन्दा उदार पार्टी रास्वपा हो। हामीले घोषणापत्रमै स्पष्ट धारणा राखेका छौँ’, उनले भने, ‘तर, अहिले अफवाह फैलाइँदैछ। त्यस्ता अफवाहको पछि नलाग्न म सबैलाई आग्रह गर्छु।’

Esewa
Crest

भेटमा अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्ने ठूलो जिम्मेवारी रहेको बताए। ‘त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो’, उनले भने, ‘हामी गर्छौं ।’

केही अनुसन्धान पुरानै भए पनि अहिले अन्तिमतिर पुगेको मन्त्री वाग्लेले बताए। ‘अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन’, उनले भने।

सरकार निजी क्षेत्रमैत्री रहेको वाग्लेले उल्लेख गरे। ‘मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ। रास्वपा र सरकार निजी क्षेत्रविरोधी होइन’, उनले भने, ‘हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ। आगामी आर्थिक वर्षको बजेट २०४८ यताकै रुपान्तरणकारी र ऐतिहासिक आउँदैछ।’

नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउन लागेको वाग्लेको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS