काठमाडौं । दोलखामा रास्वपाका उम्मेदवार जगदीश खरेलले लिड गरिरहेका छन् । प्राप्त तथ्याङक अनुसार खरेलले ७ हजार ९३७ मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । उनलाई एमालेका पार्वत गुरुङले पछाइरहेका छन् । गुरुङले ५ हजार ५५२ मत प्राप्त गरेका छन् ।
यता, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार विशाल खड्काले ४ हजार ६८८ मत पाएका छन् । कांग्रेसका अजयबाबु शिवाकोटीले जम्मा ३ हजार २४१ मत प्राप्त गरेका छन् ।












