IME Life New

रु. १००० र रु. ५०० को नक्कली नोट कसरी पत्ता लगाउने ? यस्ता छन् ४ सहज तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नक्कली अर्थात् जाली नोट मुद्रण, ओसारपसार र कारोबार गर्नु गैरकानुनी हो। आर्थिक लेनदेन तथा कारोबार गर्दा बैंक नोट शंकास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा लगेर त्यस्तो शंकास्पद नोट प्राप्त भएको स्रोतका बारेमा जानकारी गराउनुपर्दछ।

बैंक नोट छाम्दा साधारण कागजजस्तो चिप्लो लागेमा, बैंक नोटको रङ फिक्काजस्तो लागेमा वा सुरक्षण धागो रङले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्नुपर्ने (इम्बोस्ड) भागहरु चिप्लो र सम्म भएकोजस्तो लागेमा हेरेर, छामेर र ढल्काएर थप परीक्षण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

जाली नोट पहिचानका लागि रु. १००० र रु. ५०० का नेपाली बैंक नोटमा रहेका सुरक्षण विशेषताहरु जानौँ

रु. १००० को नोटको सम्बन्धमा

हेरेर थाहा हुने

  • नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुँरास र ‘‘१०००’’ को पानी छाप (वाटमार्क) देखिन्छ।
  • नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रु. १००० बनेको देखिन्छ।

छामेर थाहा हुने

  • नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरु छाम्दा उठेको महसुस हुन्छ।
  • दृष्टिविहीनहरुका निम्ति नोट पहिचान सहजताका लागि अंग्रेजी वर्ण ‘एम’ रहेको हुन्छ। जुन छाम्दा उठेको हुन्छ।

ढल्काएर थाहा हुने

  • नोट ढल्काएर हेर्दा सुरक्षण धागो चलेकोजस्तो देखिन्छ।
  • नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको भगवतीको आकृति सिल्भर रङको देखिन्छ।
  • नोटलाई ढल्काएर हेर्दा नोटमा प्रयोग गरिएको आइरिडिसेन्ट इंक सुनौलो रङमा प्रस्ट रुपमा देखिन्छ।

मेसिनबाट थाहा हुने

  • अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा सगरमाथाको आकृति टल्किन्छ।
  • अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा गभर्नरको सही तथा नोटका नम्बरहरु टल्किन्छ।

रु. ५०० को नोटको सम्बन्धमा

हेरेर थाहा हुने

  • नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुँरास पानी छाप (वाटमार्क) देखिन्छ।
  • नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण अंग्रेजी अक्षरमा एनआरबी बनेको देखिन्छ।
  • नोटमा सुरक्षण धागो रहेको हुन्छ। कागजमा बुनिएको सुरक्षण धागोलाई प्रकाशतर्फ हेर्दा पूर्ण रुपमा देखिन्छ र उक्त धागोमा अंग्रेजीमा एनआरबी ५०० र बाघको आकृति देखिन्छ।

छामेर थाहा हुने

  • नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरु छाम्दा उठेको महसुस हुन्छ।
  • दृष्टिविहीनहरुका निम्ति नोट पहिचान सहजताका लागि दुईवटा थोप्ला रहेको हुन्छ। जुन छाम्दा उठेको हुन्छ।

ढल्काएर थाहा हुने

  • नोट ढल्काएर हेर्दा सुरक्षण धागोको रङ परिवर्तन (रातोबाट हरियो) हुन्छ।
  • नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको कुबेरको आकृति सुनौलोबाट हरियो रङको हुन्छ।

मेसिनबाट थाहा हुने

  • अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा सगरमाथाको आकृति टल्किन्छ।
  • अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा गभर्नरको सही तथा नोटका नम्बरहरु टल्किन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS