IME Life New

रु. १००० दरका ४३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, बोलपत्र पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. १००० दरको नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ।

राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु. १००० दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको हो। केन्द्रीय बैंकले ४३ करोड थान नयाँ नोट छाप्नेछ।

Esewa
Crest

इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।

योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।

Invitation-for-Bids-Rs.1000

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS