IME Life New

रु. ५ अर्बको ऋणपत्र ल्याउँदै एनएमबि बैंक, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा वैशाख ११ गते निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो।

बैंकले एनएमबि पावर बोन्ड–१ नामक ऋणपत्र ल्याउन लागेको हो। सेबोनले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

Esewa
Crest

कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी २० इकाइ बैंकले सर्वासाधारणका लागि जारी गर्नेछ।

बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

एनएमबि बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS