काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. १ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अगाडि बढाएको छ।
राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु. १ दरका नयाँ सिक्का छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको हो। केन्द्रीय बैंकले ४० करोड थान नयाँ सिक्का छाप्नेछ।
इच्छुक कम्पनीले आउँदो नोभेम्बर २ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।
योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले सिक्का डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।
Notice-Rs-1-FINAL











