IME Life New

रु. ३५० सामान किन्दा रु. १० लाख बम्पर उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्ने ग्राहकले बम्पर उपहारबाट १० लाख रुपैयाँ जितेका छन्।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन महिनाको दोस्रो पाक्षीक पुरस्कार आज घोषणा हुँदैछ। पुरस्कार घोषणा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अर्थसचिव डा घनश्याम उपाध्यायमार्फत हुँदैछ।

Esewa
Crest

सोही क्रममा बम्पर पुरस्कार नतिजा बाहिर आएको हो। यद्यपि, सामान किन्ने ग्राहकको नाम भने सार्वजनिक गरिएको छैन। ती बम्पर पुरस्कार पाउने ग्राहकले कुल रकममा २५ प्रतिशत करकट्टा गरी रकम पाउनेछन्।

पछिल्लो १६ दिनमा दैनिक १–१ जना गरी १६ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। करकट्टापछि उनीहरुको हातमा १ लाख रुपैयाँ पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS