IME Life New

रु. १ हजारका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई रु. १ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो। यो कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको छ।

Esewa
Crest

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु. १ हजार दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो। अब यो चिनियाँ कम्पनीले रु. १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्नेछ।

कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ। यसअघि सोही चिनियाँ कम्पनीले राष्ट्र बैंकबाट रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का पाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS