काठमाडौं। सरकारले कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
वास्तविक किसानलाई कृषि बीमामा सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्। योसँगै कृषि बीमाको प्रिमियम अनुदानको दुरुपयोग नियन्त्रण गरिने पनि उनले जानकारी दिए।












