IME Life New

स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । आज बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा दिइने व्यवस्था मिलाइने बताइएको छ ।

Esewa
Crest

चालू आर्थिक वर्ष २०८१/८२ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट छुट्याएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रमलाइ सरकारले प्राथमिकताका साथ लागू गरेपनि पर्याप्त श्रोतको अभावका कारण कार्यक्रमको निरन्तरता पटक पटक अवरूद्ध हुने गरेको छ।

बिरामीको उपचारवापत खर्च भएको रकमको सोधभर्ना लामो समयदेखि भुक्तानी नगरेको भन्दै स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाले वर्षभरमा पटक पटक सेवा ठप्प पार्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले समेत सरकारले यो कार्यक्रमका लागि विनियोजन गरेको बजेट अपुग रहेको भन्दै कार्यक्रमको निरन्तरतामा आशंका व्यक्त गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS