IME Life New

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ अर्ब ९१ करोड सहयोग संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३६ घन्टा अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैंकमा रहेको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरुले जम्मा गरेका छन्।

Esewa
Crest

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाको सहयोग जम्मा हुन सुरु भएको थियो।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रुपमा तोकेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्।

यस्तै व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरुले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन्। यससँगै कोषमा बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।

बिहीबार ६ घन्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरुबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो । यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS