IME Life New

वर्ष दिनमा कृषि तथा पशुधन बीमाको अनुदानमा डेढ अर्ब रुपैयाँ वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषि तथा पशु बीमाको बीमाशुल्क अनुदानबापत गत आर्थिक वर्ष २०८०।८२ मा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क अनुदान उपलब्ध गराएको हो। मन्त्रालयले बाली तथा पशुधन बीमाशुल्कमा अनुदान उपलब्ध गराउने कार्यविधि २०८१, अन्तर्गत अनुदान रकम उपलब्ध गराउँदै आएको छ।

Esewa
Crest

आर्थिक सर्वेक्षण २०८०।८१ मा अनुसार बाली बीमामा ३३ करोड ७९ लाख रुपैयाँ र पशुपन्छी, माछा बीमामा १ अर्ब २७ करोड नौ लाख रुपैयाँ अनुदान वितरण गरिएको थियो।

आव २०८०।८१ मा कृषि बाली तथा पशुपन्छी बीमाअन्तर्गत निर्जीवन बीमक र लघु निर्जीवन बीमकले कुल २ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

ली तथ पशुधन बीमाको बीमाशुल्कमा अनुदान गराउने कार्यविधि अनुसार ५० लाखसम्मको बीमांकमा ८० प्रतिशत, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बीमांकमा ६५ प्रतिशत र १ करोडभन्दा बढी बीमांकमा बीमाशुल्कको ५० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को फागुन मसान्तसम्म ९९ हजार ७९० कृषि बीमालेख जारी भएको छ।

पशुपन्छी बीमाबापत ७७ करोड ३४ लाख र बाली बीमातर्फ ७ करोड ४६ लाख गरी बीमित किसानले ८४ करोड ८० लाख रुपैयाँ बीमाशुल्क अनुदान प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS