IME Life New

वाणिज्य बैंकहरुबाट रु. १.३९ खर्ब शेयर धितो कर्जा प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताउँदा वाणिज्य बैंकहरुले भने शेयर बजारमा कर्जा लगानी बढाएका छन्। शेयर बजारमा वाणिज्य बैंकहरुले आक्रामक ढंगले कर्जा प्रवाह गरिरहेका हुन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना (साउन–जेठ)सम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब ३९ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्। यी बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ को जेठसम्म १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ३१.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले एनएमबी अगाडि रहेको छ। अघिल्लो वर्षको जेठसम्मको तुलनामा समीक्षा अवधिमा १६ वटा बैंकबाट गएको शेयर लोन बढेको छ भने ३ वटाको घटेको छ।

चालु आर्थिक वर्षको जेठसम्म नबिल बैंकले १७ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको जेठसम्मको तुलनामा १६.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जेठसम्ममा बैंकले १५ अर्ब ७ करोड ७६ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष जेठसम्म ११ अर्ब ६० करोड २७ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म २५.३१ प्रतिशतले बढाएर १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुर्याएको छ।

धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको जेठसम्म १० अर्ब ४४ करोड १२ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष जेठसम्ममा बैंकले ९ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन १०.१५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने नेपाल बैंकको १४.३४ प्रतिशत, सिटिजन्स बैंकको १५.१५ प्रतिशत र नेपाल एसबीआईको १४.५० प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर १५३.५६ प्रतिशतका साथ एनएमबी बैंक अगाडि रहेको छ।

कुन बैंकबाट कति कर्जा प्रवाह ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS