IME Life New

बीमालेख समर्पणबाट एक महिनामै बाहिरियो सवा १ अर्ब, व्यतितको उठ्न बाँकी सवा ३७ अर्ब माथि

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीमा बीमालेख समर्पण उल्लेख्य रुपमा घटेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरुमा ७ हजार ६६६ वटा बीमालेख समर्पण भएका छन्। गत आर्थिक वर्ष २०८१।८१ मा समर्पण बीमालेख संख्या १० हजार २९२ वटा रहेको छ। यस हिसाबले गत आर्थिक वर्षको साउनको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या २५.५१ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु वर्षको साउनमा बीमालेख समर्पणबाट जीवन बीमा कम्पनीहरुबाट १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ। गत वर्षको साउनमा बीमालेख समर्पणबाट १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बाहिरिएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पणबाट बाहिरिने रकम पनि १९.२० प्रतिशतले घटेको छ।

उता व्यतित बीमालेखको रकम भने गत वर्षको तुलनामा ७.४३ प्रतिशतले बढेको छ। गत वर्ष साउनसम्म व्यतित बीमालेखको रकम ३४ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेकोमा चालु वर्षको साउनसम्ममा ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको साउनसम्म व्यतित बीमालेखको संख्या १२ लाख २९ हजार ४४६ पुगेको छ। गत वर्षको साउनसम्म व्यतित बीमालेख संख्या ११ लाख ७८ हजार ५६२ थियो। गत वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा ४.३२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS