IME Life New

अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापको भूमिका महत्वपूर्णः सेबोन अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा आज भएको ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेका हुन्। श्रेष्ठले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताए। ‘धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरु गरिएका छन्’, उनले भने, ‘बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरु पनि निरन्तर सञ्चालन भइराख्नुपर्दछ।’

Esewa
Crest

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाइँले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए। ‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरु लाभान्वित हुने अपेक्षा मैले गरेको छु’, उनले भने, ‘यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ।’

सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारको नियामक निकाय सेबोन र नेप्से पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे। उनले पुँजीबजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। सीडीएससीका उपप्रबन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फर्छ्यौट, नेप्सेकी सहायक आईटी प्रबन्धक निशा तिमिल्सिनाले नट्स सञ्चालन, नेप्सेका सहायक आईटी प्रबन्धक निरन्जन सिंह नायकले टीएमएस सञ्चालन, नेप्सेका सहायक प्रवन्धक गिरिराज दाहालले दोस्रो बजारसम्बन्धी कानुनी व्यवस्था र नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले समग्र दोस्रो बजार कारोबार सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेप्सेका प्रबन्धक लीलाधर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ अधिकृत सन्तोष आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर)का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS