IME Life New

नेपालमा मिथ्या सूचनाको जोखिम बढ्दो: फेसबुक र सामाजिक सञ्जाल मुख्य माध्यम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा मिथ्या सूचना गम्भीर सामाजिक र राजनीतिक समस्याका रूपमा देखा परेको एक अध्ययनले पुष्टि गरेको छ। ‘पूरक एसिया’ ले सार्वजनिक गरेको ‘मिथ्या सूचनाबारे नागरिक सर्वेक्षण, २०२५’ अनुसार नेपाली नागरिकहरूले सामाजिक सञ्जाल, विशेष गरी फेसबुकलाई मिथ्या सूचना फैलाउने मुख्य माध्यमका रूपमा पहिचान गरेका छन्।

सर्वेक्षणमा सहभागी ७३.६ प्रतिशत नागरिकले मिथ्या सूचना नेपाली समाज र राजनीतिको लागि अहिल्यै ठूलो समस्या बनिसकेको बताएका छन्। त्यस्तै, ९६.५ प्रतिशतले भविष्यमा यसले अझ भयावह रूप लिन सक्ने चिन्ता व्यक्त गरेका छन्।

Esewa
Crest

अध्ययनका अनुसार ९४ प्रतिशत उत्तरदाताले सामाजिक सञ्जालमा मिथ्या सूचना भेटाउने गरेका छन्। जसमा फेसबुक (९१%), युट्युब (४४%) र टिकटक (३७%) अग्रपंक्तिमा देखिएका छन्। सामाजिक सञ्जाल बाहेक व्यक्तिगत कुराकानी (६७%), अनलाइन न्युज पोर्टल (५५%) र छापा माध्यम (३८%) बाट पनि गलत सूचना प्रवाह हुने गरेको पाइएको छ।

सबैभन्दा बढी मिथ्या सूचना राजनीतिक मुद्दाहरू (६९.५%) मा फैलाइने गरेको पाइएको छ। त्यसपछि सेलिब्रेटी (५४.५%) र राजनीतिक दलहरूसँग सम्बन्धित विषयमा धेरै भ्रम सिर्जना गर्ने गरिएको छ।

नागरिकहरूका अनुसार मिथ्या सूचना फैलाउनमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरू (६८.३%) र ‘इन्फ्लुएन्सर’ (३७.१%) सबैभन्दा बढी जिम्मेवार छन्। यस्तै, राजनीतिक दल र तिनका भातृ संगठन, राजनीतिज्ञ तथा केही हदसम्म पत्रकारहरूको पनि यसमा भूमिका रहेको सर्वेक्षणले देखाएको छ।

मिथ्या सूचना नियन्त्रणका लागि नागरिकहरूले विभिन्न सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। ४९ प्रतिशतले यसमा मिडियाको मुख्य जिम्मेवारी हुनुपर्ने बताएका छन् भने ४७ प्रतिशतले सरकार र ४४ प्रतिशतले सामाजिक सञ्जालका प्लेटफर्महरूलाई जिम्मेवार हुनुपर्ने सुझाव दिएका छन्।

प्रतिवेदनले मिथ्या सूचना न्यूनीकरणका लागि विद्यालय तहको पाठ्यक्रममै यस विषयलाई समावेश गर्नुपर्ने, डिजिटल साक्षरता बढाउनुपर्ने र समुदायस्तरमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। साथै, गलत सूचना भेटिएमा प्लेटफर्ममा उजुरी गर्ने र तथ्य जाँचका स्रोतहरू प्रयोग गर्ने बानीले यसको बिस्तारलाई कम गर्न मद्दत पुग्ने निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS